KhabarUjyalo

एमसीसीबारे संसदमा बोलेर भीम रावल हिरो बन्न खोजे : केपी ओली

१७ फाल्गुन २०७८, मंगलवार
एमसीसीबारे संसदमा बोलेर भीम रावल हिरो बन्न खोजे : केपी ओली

काठमाडौं । प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता डा. भीम रावललाई व्यक्तिगत रुपमा हिरो देखिन खोजेको भन्दै अनुशासनहीन काम गरेको बताएका छन् ।

संसद्बाट व्याख्यात्मक घोषणासहित पारित भएको एमसीसीबारे मंगलबार पार्टीको धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा एमालेले प्रतिनिधिसभा बैठक अवरोध गरिरहँदा नेता रावल रोष्टममा गएर एमसीसीबारे बोल्नु व्यक्तिगत रुपमा हिरो बन्न खोजेको र अनुशासन उल्लंघन गरेको अध्यक्ष ओलीले बताए ।

अध्यक्ष ओलीले रावलले आत्मकेन्द्रित काम गरिरहेको र त्यसप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनले भने, ‘मैले संसदीय दलको बैठकमा व्यक्तिगत रूपमा टिकाटिप्पणी नगर्न उहाँलाई भनेको थिएँ । तर, उहाँले व्यक्तिगत रूपमा हिरो हुने काम गर्नुभयो । ‘भीम रावल हाम्रो पार्टीको सल्लाहकार परिषद् सदस्य हो । तर उहाँले आत्मकेन्द्रित, आत्मप्रचारक भएर अनुचित र अनुशासनहिन क्रियाकलाप गर्नुभएको छ । त्यस सम्बन्धमा पार्टीको ध्यान गएको छ ।’

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo