Khabar Ujyalo

प्रदेश २ का प्रदेश प्रमुख झा स्कुलमै पुगेर कक्षा १ का विद्यार्थीहरुलाई पढाए…

२८ फाल्गुन २०७७, शुक्रबार
प्रदेश २ का प्रदेश प्रमुख झा स्कुलमै पुगेर कक्षा १ का विद्यार्थीहरुलाई पढाए…

धनगढी – प्रदेश २ का प्रदेश प्रमुख राजेश झाले कक्षा १ का विद्यार्थीहरुलाई पढाएका छन्। शुक्रबार जनकपुरधामस्थित ऐतिहासिक सरस्वती माध्यमिक विद्यालयमा पुगेर प्रदेश प्रमुख झाले कक्षा १ का विद्यार्थीहरुलाई आधा घण्टा पढाएका हुन्।

विद्यालयको शैक्षिक अवस्था तथा शिक्षकहरुको समस्या बुझ्नका लागि उनी विद्यालय पुगेको र अन्य विद्यालयहरुमा समेत पुग्ने प्रदेश प्रमुखको लक्ष्य रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

प्रदेश प्रमुख झाले कक्षा १ मा अध्ययनरत बालबालिकालाई पढाएपछि विद्यालयको जिर्ण भववन, शिक्षामा देखिएको बेथितिमा ल्याउनु पर्ने सुधार लगायतका विषयमा शिक्षकहरुसँग कुराकानी गरेका थिए।

सरस्वती विद्यालयबाट नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव, उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेपाली कांग्रेस उपसभापति विमलेन्द्र निधि, पूर्व गभर्नर सत्यप्यारा श्रेष्ठ लगायतले अध्ययन गरेका थियो।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.