Khabar Ujyalo

बाघको आक्रमणमा परी एक महिलाको मृत्यु

२६ फाल्गुन २०७७, बुधबार
बाघको आक्रमणमा परी एक महिलाको मृत्यु

बाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ। जिल्लाको मधुवन नगरपालिका वार्ड नम्बर ३ भग्ग्रैयास्थित खाता सामुदायिक वनक्षेत्रमा घाँस काट्न गएकी २७ वर्षीया रिना सुनारको बाघको आक्रमणमा परी मृत्यु भएको हो।

घाँस काटिरहेको अवस्थामा सुनारलाई बाघले तानेर लगेको डिभिजनल वन कार्यालय बर्दियाका प्रमुख महेन्द्र वाग्लेले बताए।  बाघले महिलाको घाँटी र छातीको मासु खाएको अवस्थामा शव भेटिएको उनले बताए। 

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.