Khabar Ujyalo

कर्णाली नदीमा एकै परिवारका पाँच जना बेपत्ता, दुई बालिकाको शव फेला

२४ फाल्गुन २०७७, सोमबार
कर्णाली नदीमा एकै परिवारका पाँच जना बेपत्ता, दुई बालिकाको शव फेला

दैलेख : दैलेखस्थित कर्णाली नदीमा एकै परिवारका पाँच जना बेपत्ता भएका छन्। जसमध्ये दुई बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ।

फेला परेको शव दैलेख आठबिस नगरपालिका– ३ मानसिंह बडुवालका छोरीहरू १४ वर्षीया  कल्पना र १२ वर्षीया सरिताको भएको प्रहरीले जनाएको छ। 

उनीहरूको शव अछामको पञ्चदेवलविनायक नगरपालिका–४ बिलखे भन्ने स्थानमा फेला परेको दैलेख प्रहरी प्रमुख डिएसपी अनुपम श्रेष्ठले जानकारी दिए। 

उनीहरू माछा मार्ने जालमा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। शव अछाम प्रहरीले आज सोमबार फेला पारेको हो। डुबेर मृत्यु भएको अवस्थामा प्रहरीले बालिकाहरूको फेला पारेको हो। मानसिंकी श्रीमती सुखी माइती जान भनी हिँडेका थिए। 

मानसिंहलाई घटनाबारे सोधपुछका लागि प्रहरीले राखेको छ। मानसिंहकी श्रीमती सुखी र एक छोरा र अर्की एक जना छोरी अझै बेपत्ता रहेका दैलेख प्रहरीले जनाएको छ। 

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.