२० असार २०७९, सोमबार

कञ्चनपुरमा श्रीमतीले श्रीमानको हत्या

११ फाल्गुन २०७७, मंगलवार
[Sassy_Social_Share]
कञ्चनपुरमा श्रीमतीले श्रीमानको हत्या

कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेकी छिन् । बेलौरी नगरपालिका वडा नम्बर ६ भुराकोट बस्ने २७ वर्षीया बसन्ती चौधरीले आफ्नै श्रीमान् ३० वर्षीय ओम कुमार चौधरीको मंगलबार बिहान धारिलो हतियार फरुवाले प्रहार गरी हत्या गरेकी हुन् ।

हत्यापछि श्रीमती स्वयम् इलाका प्रहरी कार्यालय बेलौरीमा गई आफुले श्रीमानको हत्या गरेको जानकारी गराएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल कुमार खड्काको भनाइ छ । जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुग्दा ओछ्यानमै फरुवाले सांघातिक आक्रमण गरी हत्या गरेको पाइएको बताइएको छ ।

श्रीमानले अर्को विवाह गरी कान्छी श्रीमतीलाई काठमाण्डौँमा राखेको आरोपमा उनको हत्या गरेको बसन्ती चौधरीले स्वीकार गरेकी छिन् । उनलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabarujyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo