Khabar Ujyalo

एकै परिवारका तीन जना मृत भेटिए !

१० फाल्गुन २०७७, सोमबार
एकै परिवारका तीन जना मृत भेटिए !

गोरखा । गोरखाको बारपाकमा एकै परिवारका तीन जना मृत भेटिएका छन् ।

गोरखा प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङका अनुसार बारपाक सुलिकोट गाउँपालिका-१ बारपाकमा एक जना वृद्ध र एक बालिका र एक जना महिला सोमबार बिहान मृत भेटिएका हुन् ।हिजो राति सुतेका उनीहरू बिहान अबेरसम्म नउठेपछि छिमेकीहरूले घरमा हेरेका थिए ।

’उनीहरूको मुखमा फिँज आएको छ । अहिले बारपाक प्रहरी चौकीको टोली घटनास्थलमा पुगिसकेको छ,’ एसपी गुरुङले भने, ‘उनीहरूको अवस्था हेर्दा हत्या गरेजस्तो देखिन्न। घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय जौंबारीको टोली जाँदैछ ।’

मृत्यु भेटिनेमा ८४ वर्षीय डिलबहादुर गुरूङ, २१ वर्षीया आइतकुमारी गरूङ र १३ वर्षीया उषा गुरूङ छन् ।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.