KhabarUjyalo

भीम रावललाई गगन थापाको चुनौती : बहस अछाममा गर्ने कि काठमाडौंमा?

१५ फाल्गुन २०७८, आईतवार
भीम रावललाई गगन थापाको चुनौती : बहस अछाममा गर्ने कि काठमाडौंमा?

काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेकपा एमालेका नेता भीम रावललाई चुनौती दिएका छन्। उनले भीम रावल मन्त्री भएकै बेला एमसीसीबाट अर्ब बढीको अनुदानमा माग भएको स्पष्ट पारे।

‘भीम रावल उपप्रम हुँदा एक अर्ब १३ करोड लिने मन्त्रिपरिषद्ले एमसीसी नेपाल स्थापना गर्न स्वीकार गर्छ। तर भीम रावलको पेट दुख्छ अघि उहाँले बहस गर्न तयार हो? भनेर चुनौति दिनुभयो। म तयार छु, बहस गर्न अछाममा बहस गर्ने कि काठमाडौंमा, सडकमा गर्नेगरी संसद्‍मा भीम रावललाई चुनौती दिन्छु।’

एमाले नेता रावले एमसीसीका हरेक दफा र धारा कसरी राष्ट्रिय हित विपरीत रहेको र त्यसले कसरी राष्ट्रियता र स्वाधिनतामा आघात पुग्छ भन्नेबारे जवाफ दिन आफू तयार रहेको चुनौती दिएका थिए।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo