KhabarUjyalo

एमसीसी पास गर्नेहरु राष्ट्रिय गद्दार हुन् : भिम रावल

१५ फाल्गुन २०७८, आईतवार
एमसीसी पास गर्नेहरु राष्ट्रिय गद्दार हुन् : भिम रावल

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले एमसीसी सम्झौता पारित गर्नेहरु राष्ट्रिय गद्दार भएको बताए । यस्तै नेपाल उपेनिवेशीकरणको बाटोमा जाने पनि बताएका छन्

प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौतामाथिको छलफलमा भाग लिदैं एमाले सांसद रावलले एमसीसी सम्झौता अनुमोदन भए नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र स्वाधीनतामा प्रहार हुने दावी गरे ।

उनले एमसीसीका कतिपय बुँदाहरु आपत्तिजनक रहेको भन्दै जनताले अस्वीकार गरेको एमसीसीलाई संसदले स्वीकार गर्न नहुने बताए । ‘राजनीतिक दलका केही नेताहरुको सत्ता स्वार्थ र गुटबन्दीका लागि स्वाधीनता विरोधी सम्झौता पारित गरिनु राष्ट्रहित विपरीत हुनेछ’, रावलले भने ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo