काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) तर्फ संकेत गर्दै ‘भेडाको खोल ओढ्ने ब्याँसा’ को संज्ञा दिएका छन् ।
व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्न माओवादी केन्द्र र एकीकृत समाजवादी तयार भएपछि उनले ‘भेडाको खोल ओढ्ने ब्वाँसाहरू बढी खतरनाक’ हुने बताएका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष्मा माधवकुमार नेपालले दोहोरो भूमिका खेलेको र उनीहरु समाजको दुस्मन भएको डा भट्टराईकाे कटाक्ष छ ।
उनले समाजिक सञ्जाल ट्वीटरमा भेनका छन्– ‘कुनैपनि राजनीतिकरसामाजिक मुद्दामा पक्ष र विपक्ष हुनु स्वाभाविक कुरा हो । पक्ष र विपक्षमा हुने दुवैले आफ्नो सोंचरनिष्ठाको धर्म निर्वाह गर्छन्, तर आफ्नो निजीरदलीयरगुटीय स्वार्थनिम्ति दोहोरो भूमिका खेल्नेहरू समाजका दुश्मन हुन् १ भेडाको खोल ओढ्ने ब्वाँसाहरू बढी खतरनाक हुन्छन् भन्ने बुझौं !’
एमसीसीलाई सत्तारुढ दलहरु विभाजित भएपछि भट्टराईले निजी स्वार्थको लागि नेताहरूले दोहोरो भूमिका खेलेको आरोप लगाएका हुन् ।

