KhabarUjyalo

केन्द्रीय तथ्यांक विभागले ६३०३ कर्मचारी माग्यो, मार्सिक २८ देखि ३० हजार तलव

१० फाल्गुन २०७८, मंगलवार
केन्द्रीय तथ्यांक विभागले ६३०३ कर्मचारी माग्यो, मार्सिक २८ देखि ३० हजार तलव

केन्द्रीय तथ्यांक विभागले ६ हजार ३०३ जना कर्मचारी माग गरेको छ।

विभागले शूरु हुन लागेको कृषि गणना – २०७८ का लागि तथ्यांक संकलन गर्नुपर्ने भएकाले सुपरिवेक्षक र गणक पदमा कर्मचारी नियूक्त गर्न लागेको हो।

सुपरिवेक्षकका लागि  मान्यता प्राप्त संस्थाबाट स्नातक तह   तथा गणकको लागि प्रविणता पत्रतह वा सो सरह उत्तिर्ण गरेको हुनुपर्ने छ ।

विभागले सुपरिवेक्षकका लागि मासिक ३० हजार २०० र गणकको लागि २८ हजार ६१० रुपैयाँ पारिश्रमिक तोकेको छ भने करार अवधी दुई महीनाको हुने बताएको छ । 

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo