डडेल्धुरा – डडेल्धुरामा एक बालकको हत्या गरी खाल्डोमा पुरिएको अवस्थामा फेला परेको छ। जिल्लाको आलिताल गाउँपालिका ८ डाँडाखर्कका ८ वर्षीय बालक भरत बोहराको हत्या गरेर पुरेको आशंका गरिएको हो।
ती बालककी आमा र सौतेनी आमालाई प्रहरीले पक्राउ गरेको छ । बोहरा १२ पुसदेखि बेपत्ता भएका थिए । उनको परिवारले समेत उनी हराएको प्रहरीलाई जानकारी दिएका थिएनन्। पुस २७ गते स्थानीयले बालक हराइरहेको सूचना प्रहरीलाई दिएका थिए ।बालकका बुवा रोजगारीको सिलसिलामा भारतमा रहेका छन्।
