KhabarUjyalo

‘सरकार बलात्कारी,भ्रष्टाचारी,बेबिचारी भयो’ : डा. संग्रौला

१ फाल्गुन २०७७, शनिबार
‘सरकार बलात्कारी,भ्रष्टाचारी,बेबिचारी भयो’ : डा. संग्रौला

धनगढी : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी केन्द्रिय सदस्य डा. डिला संग्रौलाले सरकार बलात्कारी,भ्रस्टाचारी,बेबिचारी भएको बताएकी छन् ।
शनिबार धनगढीमा नेपाल महिला संघ कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा देशमा शान्ति सुरक्षा र नागरिकको जनधनको सुरक्षा गर्न नसकेको र सरकार बलात्कारी,भ्ररष्टाचारी ,बेबिचारी भयो । नागरिकले बाच्ने पाउने बोल्न पाउन अधिकारलाई पनि रोक्न खोज्न लागेको आरोप लगाइन् ।

बैतडी दोगडा केदार गाउपालिका ७ कि १७ बर्षीय किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको १० दिन पुग्दासम्म बलात्कारीलाई कानुनी कठघरामा ल्याउन नसक्नुमा सरकारले दोषिलाई संरक्षण गरिरहेको त छैन भनी आमजनतामा शंका रहेको छ । हत्याका संग्लन ब्यक्तिहरुलाई पक्राउ गरि चाडो भन्दा चाडो कडा कारबाही गर्न र सुदूरपश्चिम प्रदेश सरकारलाई उच्छ स्तरीय छनविन समिती गठन गरि दोषि पत्ता लगाउन माग गरिन । बलात्कारपछी हत्या गर्ने ब्यक्तिलाई कारबाहीको दायरा नल्याउन्जेल संघर्षका कार्यक्रम जारी रहेने बताईन ।

भागरथी भट्टको बलात्कारपछि हत्यामा संग्लनलाई कारबाहीको माग गर्दै काङ्ग्रेस नेत्री संग्रौला सुदूरपश्चिम प्रदेशका नौ जिल्लाको बिरोध प्रदर्शनमा सहभागी हुन शनिबार धनगढी पुगेकी छन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo