५ असार २०७८, शनिबार

धनगढीमा जारी एलपिएलमा धनगढीको शारदा र कञ्चनपुरको शारदा सरस्वती विजयी

१८ फाल्गुन २०७७, मंगलवार
धनगढीमा जारी एलपिएलमा धनगढीको शारदा र कञ्चनपुरको शारदा सरस्वती विजयी

धनगढी: धनगढीमा जारी विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता चण्डिका ग्रुप लिटलफ्लावर प्रिमियर लिग (एलपिएल) अन्तर्गत आज भएका खेलमा धनगढीको शारदा मावि र कञ्चनपुरको शारदा सरस्वती विजयी भएका छन्।

आज सम्पन्न पहिलो खेलमा त्रिनगर माविलाई ६१ रनले पराजित गर्दै शारदाले सुखद सुरुवात गरेको हो । धनगढीको संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा पहिले ब्याटिङ गरेको शारदाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५८ रन बनायो। जसका लागि लक्की कडायतले ६७ रनको अर्धशतकीय इनिङ्स खेले भने अभिशेक पालले ३२ रन जोड्दा सचिन साउदले २१ रन बनाए। त्रिनगरका खडक नगरकोटीले ४ विकेट र शिशिर थापा मगरले २ विकेट लिए।

जवाफी ब्याटिङ गरेको त्रिनगरले १६ ओभरमा अलआउट हुँदै ९७ रन मात्र बनाउन सक्यो। उसका लागि बसन्त थापा मगरले ३० र शिशिर थापा मगरले २८ रन बनाए। शारदाका अभिशेक पालले ५ र लक्की खडायतले २ विकेट लिए। खेलका म्यान अफ द म्याच शारदाका अविशेक पाल भए।

आजै भएको दोस्रो खेलमा कञ्चनपुरको शारदा सरस्वतीले धनगढी नमुनालाई ५ विकेटले पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको धनगढी नमुनाले १५ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ९७ रन बनायो। उसका लागि पारस कार्कीले २१ र सुमित सिंहले २० रन बनाए। शारदा सरस्वतीका कैलाश सिंह साउँदले ४ विकेट लिए।

९८ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङ गरेको शारदा सरस्वतीले १० दशमलव ३ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य भेट्टायो। उसका लागि हेमन्त धामीले २५ र गणेश बहादुर विटालुले २३ रन बनाए। धनगढी नमुनाका पारस कार्की र अनुप कुँवरले २/२ विकेट लिए। खेलका म्यान अफ द म्याच कैलाश सिंह साउद भए।

लिटल फ्लावर स्पोर्टस एन्ड इभेन्टसको आयोजनामा धनगढीको सङ्घीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा भइरहेको पाँचौ संस्करणको प्रतियोगिताअन्तर्गत भोलि पनि दुई खेल हुनेछन् ।

प्रतियोगितामा देशभरका १६ विद्यालयको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले एक लाख २० हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाउने छ भने उपविजेताले ६० हजार प्राप्त गर्नेछ।

  •  
  •  
  •  
  •  
  •  
  •  
सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo