KhabarUjyalo

लोक संस्कृतिको जगेर्नाका लागि ‘लोक सांस्कृतिक संगालो’ पुस्तक विमोचन !

५ असार २०८३, शुक्रबार
लोक संस्कृतिको जगेर्नाका लागि ‘लोक सांस्कृतिक संगालो’ पुस्तक विमोचन !

डडेल्धुरा — डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा ‘लोक सांस्कृतिक संगालो’ पुस्तक विमोचन गरिएको छ।
शुक्रबार गणेशपुर सामुदायिक सिकाई केन्द्रले गन्यापधुरा गाउँपालिकाका अध्यक्ष इन्द्र बहादुर कार्कीको प्रमुख आतिथ्यमा पुस्तक सार्वजनिक गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष इन्द्र बहादुर कार्कीले परापूर्वकालदेखि चलिआएका स्थानीय कला, संस्कृति र परम्पराहरू नै समाजको पहिचान भएको उल्लेख गर्दै यिनको संरक्षण तथा प्रवर्द्धन आवश्यक रहेको बताए। उनले ‘लोक सांस्कृतिक संगालो’ पुस्तकले स्थानीय संस्कृतिको जगेर्ना र भावी पुस्तामा यसको हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष ज्ञानु सेटी देउवा तथा वडाध्यक्षद्वय नरेश भण्डारी र मनोज देउवाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

गणेशपुर सामुदायिक सिकाई केन्द्रका अध्यक्ष बिरेन्द्र बहादुर मल्ल ले संस्थाले समाजमा विभिन्न अभिमुखीकरण तथा सामाजिक कार्यहरू गर्दै आएको उल्लेख गर्दै लोक संस्कृतिको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले पुस्तक प्रकाशन गरिएको जानकारी दिए।

कार्यक्रममा गन्यापधुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलीप कुमार तामाङ, शिक्षा शाखाका प्रतिनिधि, जनप्रतिनिधि, विभिन्न विद्यालयका शिक्षक तथा गणेशपुर सामुदायिक सिकाई केन्द्रका सदस्यहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन गणेशपुर सामुदायिक सिकाई केन्द्रका कोषाध्यक्ष लक्ष्मीराज भण्डारीले गरेका थिए।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo