काठमाडौ :सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कांग्रेस सभापति गगन थापासँग भेटवार्ता गरेका छन।
शुक्रबार पार्टी कार्यालय सानेपामा मुख्यमन्त्री शाह र सभापति थापाबीच वार्ता भएको हो।
मुख्यमन्त्री शाहले बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निवासमै पुगेर भेटेका थिए। सुदूरपश्चिममा हाल कांग्रेस र एमाले गठबन्धनको सरकार छ।
सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धनमा नेकपालाई पनि सामेल गर्ने विषयमा मुख्यमन्त्री शाहले एमाले अध्यक्ष ओली र कांग्रेस सभापति थापासँग वार्ता गरेको स्रोतको दाबी छ।
एमाले अध्यक्ष ओलीले पनि सुदूरपश्चिममा कांग्रेस, एमाले र नेकपाबीच सत्ता सहकार्य गर्दा हुने सन्देश दिएका छन्।
सुदूरपश्चिममा नेकपाले एमालेसँग सहकार्यको संवाद सुरु गरेपछि मुख्यमन्त्री शाहले सक्रियता बढाएका बताइएको छ।
