KhabarUjyalo

प्रधानमन्त्रीले प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाएका प्रश्नमा जवाफ दिने

३० बैशाख २०८३, बुधबार
प्रधानमन्त्रीले प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाएका प्रश्नमा जवाफ दिने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाएका प्रश्नमा जवाफ दिने भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभाका सांसदहरूले उठाएको प्रश्नमा प्रधानमन्त्री शाहले जवाफ दिने भएका हुन् ।

यसका लागि प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बोलाइएको छ । बैठकमा प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

संसद सचिवालयका अनुसार, बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधन प्रस्तुत हुने र छलफल हुनेछ ।

त्यसैगरी, राष्ट्रियसभाको बैठक पनि १२ः१५ बजे बस्दैछ । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo