KhabarUjyalo

कैलालीको अत्तरिया मा थ्रि-स्टार स्तरको ‘होटल जङ्गल स्पा’ सञ्चालनमा !

१४ बैशाख २०८३, सोमबार
कैलालीको अत्तरिया मा थ्रि-स्टार स्तरको ‘होटल जङ्गल स्पा’ सञ्चालनमा !

अत्तरिया: कैलालीको अत्तरिया मा थ्रि-स्टार स्तरको ‘होटल जङ्गल स्पा’ सञ्चालनमा आएको छ। अत्तरिया–गोदावरी रोडमा अवस्थित उक्त होटल सञ्चालनमा आएको हो ।

सोमबार गोदावरी नगरपालिकाका मेयर बिरेन्द्र भट्टले
होटलको उद्घाटन गरिएको हो । उद्घाटनमा बोल्दै नगर प्रमुख भट्टले यस निजी लगानीले स्थानीय आर्थिक गतिविधि, रोजगारी सिर्जना तथा पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने बताएका छन्।

सञ्चालक विजय सिंह धामीले सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धनका साथै ग्राहकला मध्यनजर गर्दै सकायालमा संचालन रहेको जङ्गल स्पाको दोस्रो शाखा अत्तरियामा उत्कृष्ट होटलको रूपमा स्थापित गर्ने लक्ष्यसहित आधुनिक सुविधा, स्तरीय सेवा तथा आकर्षक संरचनासहित होटल जङ्गल स्पा’ सञ्चालनमा ल्याएको बताए ।

होटलमा आधुनिक सुविधा सहित ३२ वटा एसीयुक्त कोठा, आकर्षक डाइनिङ हल तथा दुई वटा बहुउद्देश्यीय मिटिङ तथा सेमिनार हल रहेका छन्। साथै, प्राकृतिक वातावरणसँग मेल खाने स्पा तथा विश्राम सेवाले यसलाई अझ विशेष बनाएको जानकारी जंगल स्पाका निर्देशक दिनेश कुमार मल्लले बताएका छन । आगामी दिनमा रूफटप रेस्टुरेन्ट तथा बार लगायतका सुविधा पनि रहने जनाएको छ।

होटल सञ्चालनमा आएपछि आन्तरिक तथा बाह्य पर्यटकहरूको पहिलो रोजाइ बन्ने विश्वास गरिएको छ।

 

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo