धनगढी — धनगढीमा अत्याधुनिक स्किन एण्ड हेयर सेन्टर ‘जुनु एस्थेटिक ब्लिस ब्यूटी’ सञ्चालनमा आएको छ। दुई दशकदेखि सौन्दर्य क्षेत्रमा सक्रिय जुनु कठायत खत्रीले धनगढी उपमहानगरपालिका–४, उत्तरबेहडीस्थित घरेलु चोक नजिक उक्त सेन्टर स्थापना गरेकी हुन्।
शनिबार आयोजित उद्घाटन कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर ओझाले सेन्टरको औपचारिक उद्घाटन गरे। त्यस्तै, स्किन केयर मेसिनको उद्घाटन सुदूरपश्चिम ब्युटीपार्लर एसोसिएसनकी अध्यक्ष मिना बोहरा र वरिष्ठ ब्युटिसियन निशा सिंहले संयुक्त रूपमा गरेका थिए।
कार्यक्रममा बोल्दै अध्यक्ष ओझाले एक महिलाले संघर्ष गर्दै स्वदेशमै रोजगारी सिर्जना गर्नु सराहनीय कदम भएको बताए।
सेन्टरमा छालासम्बन्धी विभिन्न समस्या जस्तै च्याउरीपन, चायाँ, पोतो, डण्डीफोरका दाग–धब्बा लगायतका समस्याको आधुनिक प्रविधिमार्फत उपचार गरिने जनाइएको छ। साथै शरीरमा रहेका कोठी, जन्मजात दाग, स्ट्रेच मार्क्स तथा अनावश्यक रौँ हटाउने सेवा पनि उपलब्ध हुने सञ्चालकले जानकारी दिइन्।
सञ्चालक जुनु कठायतका अनुसार विश्वस्तरीय प्रविधि र आधुनिक उपकरणमार्फत सर्वसुलभ मूल्यमा गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ। उनले भारतको दिल्लीबाट एस्थेटिकसम्बन्धी तालिम हासिल गर्नुका साथै अन्तर्राष्ट्रिय अवार्ड समेत प्राप्त गरिसकेकी छन्।
उनले आफ्नो सफलतामा परिवारको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै श्रीमानको साथ र सहयोगले आफूलाई यहाँसम्म पुग्न मद्दत पुगेको बताइन्।
यसअघि उनले कभर्डहल नजिक ‘जुनु ब्युटी पार्लर’ सञ्चालन गर्दै आएकी थिइन्।
सेन्टरमा अन्तर्राष्ट्रियस्तरमा तालिम प्राप्त हेयर स्टाइलिस्ट हृदय ढुंगानाबाट कपालसम्बन्धी सेवा तथा हेयर आर्टसमेत उपलब्ध हुने जनाइएको छ।
छाला तथा कपालसम्बन्धी चेकजाँचका साथै आवश्यक सल्लाह–सुझाव सेवा पनि प्रदान गरिनेछ।
सेन्टरले बैशाख महिनाभर सम्पूर्ण सेवामा ५० प्रतिशत तथा सामग्रीमा १० प्रतिशत छुटको व्यवस्था गरेको जनाएको छ।
