KhabarUjyalo

गन्यापधुरामा डेंगु रोगको रोकथाम र नियन्त्रणसम्बन्धि जनप्रतिनिधिसङ्ग अन्तरक्रिया !

२२ जेष्ठ २०८२, बिहीबार
गन्यापधुरामा डेंगु रोगको रोकथाम र नियन्त्रणसम्बन्धि जनप्रतिनिधिसङ्ग अन्तरक्रिया !

डडेल्धुरा : डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा डेंगु रोगको रोकथाम र नियन्त्रणसम्बन्धि जनप्रतिनिधिसङ्ग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बिहीबार जनस्वास्थ्य कार्यालय डडेल्धुराको आयोजनामा गन्यापधुरा गाउँपालिकाकार्यालयमा डेंगु रोगको रोकथाम र नियन्त्रण सम्बन्धि जनप्रतिनिधिसङ्ग अन्तरक्रिया कार्यक्रम सप्पन्न भएको हो ।

गन्यापधुरा गाउँपालिकामा वडा नम्बर ३ को सकायल र डाडावन क्षेत्रमा गत बर्ष मलेरिया र डेंगु लगायतका कीटजन्य रोग भेटिएकाले यो बर्ष पनि फेला पर्ने सक्ने सम्भावना रहेकाले सरोकारवालाहरुले उक्त रोगविरुद्धको सचेतना अभियान सञ्चालन गर्नु पर्ने जनस्वास्थ्य कार्यालय डडेल्धुराका फोकल पर्शन हरी भट्टले बताएका छन् ।

उक्त रोगविरुद्ध उच्च सतर्कता अपनाउन जनस्वास्थ्य कार्यालय डडेल्धुराले सम्बन्धित निकायहरूसङ्ग बसेर छलफलका साथै मानिसलाई सचेतना जगाउने अभियान थालेको पनि भट्टले बताएका छन् ।

डेंगु रोगको रोकथाम र नियन्त्रणका लागि पालिकाले सरोकारवालासङ्ग सचेतनामुलक अभियान र डेंगु रोग रोकथामका लागि कार्यक्रम थाल्ने गन्यापधुरा गाउँपालिकाकी उपाध्याय ज्ञानु सेठी देउवाले बताएकी छन् ।

यस्तै एचआईभी रोगको न्युनिकरण र एचआईभी संक्रमितप्रति गरिने सामाजिक भेदभावका बारे पनी छलफल गरिएको थियो ।

गन्यापधुरा गाउँपालिकाकी उपाध्याय ज्ञानु सेठी देउवाको अध्यक्षतामा गन्यापधुरा गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत दिलिप कुमार तामाङ, जनस्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख केशर साउद, गन्यापधुराका स्वास्थ्य शाखा प्रमुख बासुदेव नौन्याल, पालिकाका जनप्रतिनिधि लगायत कर्मचारीको सहभागिता रहेको थियो ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo