KhabarUjyalo

धनगढीको केजी हस्पिटलले बच्चा जन्माउन गएकी महिलाको पाठेघर झिकेपछि…

९ आश्विन २०८०, मंगलवार
धनगढीको केजी हस्पिटलले बच्चा जन्माउन गएकी महिलाको पाठेघर झिकेपछि…

धनगढीः धनगढीको केजी हस्पिटलले सुत्केरी हुन गएकी एक महिलाको पाठेघर झिकेको छ। शनिबार शल्यक्रिया गरेर शिशु जन्माएकी धनगढी–३ नवदुर्गाटोल बस्ने २६ वर्षीया नर्जिस खातुनको अस्पतालले पाठेघर झिकेको हो।

महिलाका श्रीमान् मोतिरहमानले शल्यक्रिया गरेर शिशु जन्माएपछि अत्यधिक रक्तश्राव भएको भन्दै पाठेघर झिकिएको बताए। धनुषाको मुखियापट्टी मसुहरनिया स्थायी बसोबास भएका मोतिरहमानले शनिबार दिउँसो श्रीमतीको शल्यक्रिया गरिएको बताए। त्यसपछि अस्पतालले अत्यधिक रक्तश्राम भएको भन्दै पाठेघर झिकिएको उनले बताए।

पाठेघर झिकेपछि आईसीयू वार्डमा राखेर उपचार गरिएको थियो । उनलाई तीन दिनपछि सोमबार मात्र आईसीयु वार्डबाट जनरल वार्डमा सारिएको थियो ।

यता अस्पताल प्रशासनले उक्त घटना बारे केही प्रतिक्रिया दिएको छैन । शिशु र महिलाको स्वास्थ्यमा भने कुनै समस्या नरहेको अस्पतालले जनाएको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo