KhabarUjyalo

कैलालीमा मोटरसाइकल दुर्घटनामा परेर डडेल्धुराका एक युवककाे मृत्यु

७ आश्विन २०८०, आईतवार
कैलालीमा मोटरसाइकल दुर्घटनामा परेर डडेल्धुराका एक युवककाे मृत्यु

धनगढीः कैलालीमा मोटरसाइकल दुर्घटनामा परेर डडेल्धुराका एक युवककाे मृत्यु भएको छ।

जिल्लाको गोदावरी नगरपालिका–१ मनिसा पेट्रोल पम्प नजिक शनिबार से २ प ९८८८ नम्बरको मोटरसाइकल दुर्घटनामा डडेल्धुरा आलिताल गाउँपालिका–७ का २२ वर्षीय नविनबहादुर बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकलमा सवार धनगढी उपमहानगरपालिका–५ का विजय जोशी घाइते भएका छन्।

नविनको उपचारकोक्रममा पदमा अस्पतालमा मृत्यु भएको हो। घाइते जोशीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo