KhabarUjyalo

चोरलाई माला लगाएर स्वागत

१७ भाद्र २०८०, आईतवार
चोरलाई माला लगाएर स्वागत

सामान्यतया: एउटा एउटा चोर समातिँदा कुनै ठाउँका स्थानीयले के गर्लान् ? चोर समातिँदा कुटपिट गर्ने गरेका घटना प्रशस्तै सुनिन्छन् । कतै समातेर प्रहरीलाई बुझाउने समेत गरिएको छ । 

तर, भारतको पन्जाबका स्थानीयले भने चोरलाई समातेर माला पहिराएर स्वागत गरेका छन् । चोरीका घटनाबाट हैरान भएका पटियालाका स्थानीयले एक चोरलाई समातेर घाटीमा माला पहिराउँदै ताली बजाएर स्वागत गरेका हुन् । 
भारतीय सञ्चार माध्यमका अनुसार पटियालाको रवास ब्राह्मणा गाउँका स्थानीयले दुई चोरलाई समातेका थिए । एक फरार भए । अर्कालाई भने माला लगाइदिएका हुन् । 
चोर समातेर कुटपिट गर्दा प्रहरीले किन कुटेको भन्दै सोधपुछ गर्ने भएकोले माला लगाएर स्वागत गरिएको उनीहरूले बताएका छन् । 

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo