KhabarUjyalo

भिरमा अड्किएको चिया पसल जहाँ चिया पिउन डोरीमा झुण्डिएर जानुपर्छ

३१ श्रावण २०८०, बुधबार
भिरमा अड्किएको चिया पसल जहाँ चिया पिउन डोरीमा झुण्डिएर जानुपर्छ

चीनको एउटा चियापसल आफ्नो अनौठो अवस्थितिका कारण सामाजिक सञ्जालमा भाइरल बनेको छ । पहाडको चट्टानी भिरमा ३ सय ९३ फिट उचाइँमा यो पसल झण्डै हावामै अडिएको जस्तो देखिन्छ ।

चीनको हुनान प्रान्तस्थित सिनिउझाई नेसनल जियोलोजिकल पार्कस्थित एक अक्करे पहरामा एउटा सानो काठको दुकान टाँगिएको छ । यसलाई दुनियाकै सबैभन्दा असुविधाजनक पसल पनि भनिन्छ ।

यो चिया पसलले त्यस्ता पर्वतारोहीहरुलाई ताजकीकरण गराउने काम गर्दछ जसले पहाड उक्लिने क्रममा केहीबेर थकाई मार्न चाहन्छन् । पदयात्रीका लागि यो पसलमा चियाखाजा उपलब्ध हुन्छ।

हालै सोसल मिडिया प्लाटफर्म एक्समा यो पसलको तस्वीर सार्वजनिक भएसँगै त्यसले चर्चा पाउन थालेको हो ।

उक्त पसलको तस्वीर राखिएको पोस्टमा लाखौँ भ्यूज तथा लाइक्स प्राप्त भेसकेका छन् । सोसल मिडिया प्रयोगकर्ताहरुले यो पसलका बारेमा अनेक खालका प्रतिक्रियाहरु व्यक्त गरिरहेका छन् । एजेन्सीको सहयोगमा

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo