KhabarUjyalo

एलपीएल-५ को संरक्षक धनगढी उपमहानगर, मेयर वडले गरे मैदान अवलोकन

१० फाल्गुन २०७७, सोमबार
एलपीएल-५ को संरक्षक धनगढी उपमहानगर, मेयर वडले गरे मैदान अवलोकन

धनगढी- धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले चण्डीका ग्रुप एलपीएल-५ सञ्चालन हुने धनगढीको सङ्घीय प्रहरी इकाई कार्यालयको खेल मैदान निरीक्षण गरेका छन् । प्रतियोगिताको तयारी अन्तिम चरणमा चलिरहेका बेला चण्डीका ग्रुप एलपीएल-५ को संरक्षक रहेको उपमहानगरपालिका नगरप्रमुख वडले खेल मैदान अवलोकन गरेका हुन् ।

सो क्रममा उनले प्रतियोगिताको सफलताको शुभकामनासमेत व्यक्त गरे । फागुन १५ गते देखि २९ गतेसम्म धनगढीमा आयोजना हुने चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग-५ (एलपीएल) को मुख्य प्रायोजक टिकापुरमा रहेको चण्डिका ग्रुप रहेको छ ।

प्रतियोगिताको उपविजेता पुरस्कार रकम धनगढी उत्तरवेहडी स्थित गुरुकुल एकेडेमीले प्रायोजन गरेको छ ।

प्रतियोगितामा सहप्रायोजकको रूपमा सानभी बक्स एण्ड स्टेसनरी, शारदा राइस मिल, वल्डलिङ्क, नेपाल टेलिकम, डिस होम, गुरु जी सटिङ्ग एन्ड सुटिङ, हिमालयन ह्वाईट हाउस इन्टरनेसनल कलेज तीनकुने काठमाडौं, मृग गार्मेन्ट उद्योग चटकपुर धनगढी, जोशी अप्टीकल एन्ड आई केयर सेन्टर धनगढी, ओयसिस होटेल म्यानेजमेन्ट कलेज धनगढी चटकपुर, अमेरिका निवासी समाजसेवी जयन्ती थापा, निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर धनगढी, दाहाल पुस्तक पसल धनगढी, नेप्स कफी एन्ड फुड प्रडक्ट प्रालि चितवन, दीपेश ईन्फोसिस धनगढी, एडभेन्चर वेस्ट होलिडेज धनगढी, रोज कलेक्सन वमेन्स वयर र सारथि अस्पताल रहेका छन् ।

प्रतियोगितामा हस्पीटालिटी पार्टनरको रूपमा इमेज होटेल प्रालिले साथ दिएको छ । त्यस्तै, प्रतियोगिताको केक एन्ड बेकरी पार्टनरमा आँगन केक एन्ड बेकरी, हस्पिटल पार्टनरका रूपमा निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर रहेका छ ।

प्रतियोगिताको ट्रफी सार्वजनिक हुने दिनमा फागुन १४ गते धनगढीस्थित भेट्रान क्रिकेट खेलाडी र पत्रकार बिचमा मैत्रीपूर्ण क्रिकेट खेल पनि आयोजना हुनेछ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo