KhabarUjyalo

प्रधानमन्त्री देउवाको गृह जिल्ला डडेल्धुरामा मतगणना सुरु

५ मंसिर २०७९, सोमबार
प्रधानमन्त्री देउवाको गृह जिल्ला डडेल्धुरामा मतगणना सुरु

डडेल्धुरा : डडेल्धुरामा मतगणना सुरु भएको छ।

डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण बाग्लेका अनुसार दिउसो ३ बजेर ३० मिनेटदेखि मुख्य निर्वाचन अधिकृत कार्यालय रहेको जिल्ला अदालतको भवन अमरगढी नगरपालिका–५  मा मतगणना सुरु भएको जनाएका छन् ।

निर्वाचनको मतगणना हुने स्थानमा सिसि क्यामेरा र तार जाली लगाइने भएको छ ।डडेल्धुरामा एउटा प्रतिनिधि सभा र दुई वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको छ ।

प्रतिनिधि सभामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासंगै बीपी कांग्रेसका बरिस्ठ उपसभापति कर्ण मल्ल, स्वतन्त्र उम्मेदवार सागर ढकाल उम्मेदवार रहेका छन् ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo