धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा ५६ दशमलव ६४ प्रतिशत मत खसेको छ।
मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेका अनुसार डडेल्धुरामा ९१ हजार २ सय मतदाता रहेकामा ५१ हजार ६६० मत खसेको जनाएको छ ।
डडेल्धुरामा शान्तिपूर्ण ढंगमा मतदान भएको छ। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुरामा गन्यापधुरा गाउँपालिका–१, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रमा मतदान गरेका थिए । प्रतिनिधि सभामा देउवासँगै कांग्रेस बिपीका कर्णबहादुर मल्ल र स्वतन्त्र सागर ढकाल मुख्य प्रतिस्पर्धी रहेका थिए।
