नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भीम रावलका विषयमा फेरी छुद्र अभिब्यक्ति दिएका छन् । दैलेखमा आयोजित चुनावी सभामा सम्वोधन गर्दै गर्दा ‘भीम रावल खै ?’ भन्दै सोधेपछि ओलीले कार्यकर्ता रुष्ट हुनेगरी जवाफ फर्काएका हुन।
कार्यकर्ताले पटक पटक रावलको बारेमा जिज्ञास राखेपछि रिसाएका ओलीले ‘चुप लागेर बस्नुस् । भीम रावलको माया लाग्या भए अछाम त्यहीँ पारिपट्टि छ, जानुस्’ भन्दै जफाव दिए। यसअघिको अर्को कार्यक्रममा पनि कार्यकर्ताले रावलको वारेमा जिज्ञासा राख्दै आएका छन् ।
