KhabarUjyalo

देउवाको प्रतिस्पर्धी कोही छैन : नैनसिंह महर

२२ कार्तिक २०७९, मंगलवार
देउवाको प्रतिस्पर्धी कोही छैन : नैनसिंह महर

धनगढी : नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले प्रधानमन्त्री शेरबहादुर देउवाको प्रतिस्पर्धी कोही नभएको बताएका छन् ।

मंगलबार बिहान डडेल्धुरामा सञ्चारकर्मीसँगको कुराकानीमा महरले डडेल्धुरामा कांग्रेसको प्रतिस्पर्धी नै कोही नदेखिएको बताएका हुन् ।

‘हुन त प्रतिनिधिसभा निर्वाचनमा देउवाविरुद्ध धेरैले उमेदवारी दिएका होलान्। अहिलेको ठूलो दल नेकपा एमालेले उमेदवारी फिर्ता गरेर प्रधानमन्त्रीज्यूलाई मौन समर्थन जस्तै गरेको छ। माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि देउवालाई समर्थन गरेर भोट मागिरहेका छन्। अन्यलाई न उहाँ (देउवा)ले प्रतिस्पर्धी ठान्नुभएको छ। न त नेपाली कांग्रेसले नै ठानेको छ,’ उनले भने।

‘गोलकिपर नै छैन भने जाली च्यातिने सम्भावना बढी हुन्छ। डडेलधुराको निर्वाचन पनि नेपाली कांग्रेसका लागि प्रतिस्पर्धी बीनाको भइरहेको छ।’

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo