KhabarUjyalo

बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दा भएको सम्पुर्ण खर्च कांग्रेसले ब्यहोर्ने

२८ आश्विन २०७९, शुक्रबार
बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दा भएको सम्पुर्ण खर्च कांग्रेसले ब्यहोर्ने

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तागठबन्धनको बैठक बस्दा भएको खर्च नेपाली कांग्रेसले ब्यहोर्ने भएको छ ।

पछिल्लो समय तालमेलका लागि निरन्तर बैठक बालुवाटारमा बस्दै आएको थियो । कार्यसम्पादन समितिको बैठकमा महामन्त्री गगन थापाले कांग्रेसले खर्च बेहोर्नुपर्ने प्रस्ताव राखेका थिए । सरकारी निवासमा बैठक बस्दा राज्यको ढुकुटी प्रयोग भएको भन्दै आलोचना हुँदै आएको थियो ।

कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, एकीकृत समाजवादी, जनमोर्चाका नेता सम्मिलित कार्यदलको बैठक विगत दुई महिनादेखि बालुवाटार बस्दै आएको थियो । 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo