KhabarUjyalo

गोरखामा एक कार्यक्रममा बोल्दाबोल्दै रोए प्रचण्ड !

२८ आश्विन २०७९, शुक्रबार
गोरखामा एक कार्यक्रममा बोल्दाबोल्दै रोए प्रचण्ड !

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) शुक्रबार गोरखामा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा एकाएक भक्कानिए। गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वारसमेत रहेका उनले आफू गोरखामा किन उम्मेदवार बन्न आएँ भन्नेबारेमा बोल्दाबोल्दै घुँक्कघुँक्क गर्न थाले।

माओत्सतुङ चिनियाँ कम्युनिस्ट आन्दोलनमा बिचलन आउँदै गर्दा एकपटक चिनकाङसाङ फर्केको घटना सुनाउँदै उनी घुँक्कघुँक्क गरिरहेका थिए।

माओत्सेतुङ पुनः नयाँ आन्दोलनको ऊर्जा संगाल्न, नयाँ आन्दोलनको तागत बटुल्न चिनकाङसाङ पुगेको स्मरण गरे। ‘अहिले अन्तिम युद्ध लड्न त्यसैगरी गोरखा आएको हुँ,’ उनले भने।

उनले माओवादी आन्दोलनमा विचलन आएको लुकाएर नलुक्ने बताए। पुनः नयाँ आन्दोलनको ऊर्जा बटुल्न गोरखा आएको उनले उद्घोष गरे। आफ्नो युवाकाल वितेको, जनयुद्धको थालनी भएको, युद्धको सैनिक तालिम लिएको, पार्टीको पहिलो हेडक्वाटर भएको जिल्ला गोरखालाई चिनकाङसाङ भएको उनले बताए।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo