KhabarUjyalo

मौका दिनुस्, खोजीखोजी भोट हाल्ने स्थिति बनाउँछु : प्रदीप पौडेल

२८ आश्विन २०७९, शुक्रबार
मौका दिनुस्, खोजीखोजी भोट हाल्ने स्थिति बनाउँछु : प्रदीप पौडेल

काठमाण्डौ । नेपाली कांग्रेसबाट काठमाडौं ५ मा उम्मेदवारी दिएका नेता प्रदीप पौडेलले आफूलाई निर्वाचित गरे अर्को निर्वाचनमा खोजीखोजी भोट हाल्ने स्थिति बनाउने प्रतिबद्धता जनाएका छन्।

यसअघि चुनाव जित्नेहरूले जनविरोधी काम गरेको भन्दै उनले आफूलाई जिताए जनताको पक्षमा काम गर्ने प्रतिबद्धता जनाए। काठमाडौं ५ क ले शुक्रबार आयोजना गरेको कार्यक्रममा नेता पौडेलले भने, ‘हामीलाई मौका दिनुस्, अर्को चुनाव लड्दै गर्दा हामीले भोट मागिरहनुपर्दैन। हामीलाई खोजीखोजी भोट हाल्ने स्थिति निर्माण गर्न चाहन्छौँ हामी।’

समाजलाई प्रगतिको बाटोमा लौजाने सन्दर्भमा राजनीति अलमलिएको भन्दै नेता पौडेलले नयाँ राजनीतिक संस्कार विकासका लागि आफू लागिपर्ने बताए। ‘राजनीति निष्ठाका लागि हो, इमानका लागि हो। राजनीति एउटा नयाँ संस्कृति र संस्कार विकसित गर्नका लागि हो भन्ने कुरा हामीले समाजमा स्थापित गर्न सक्नुपर्छ,’ उनले भने।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo