KhabarUjyalo

अबको १० वर्ष मात्र राजनीतिमा सक्रिय रहने गगन थापाको घोषणा !

२८ आश्विन २०७९, शुक्रबार
अबको १० वर्ष मात्र राजनीतिमा सक्रिय रहने गगन थापाको घोषणा !

धनगढी : भाबी प्रधानमन्त्रीका रुप हेरिएका नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी १० वर्षमात्र सक्रिय राजनीति गर्ने घोषणा गरेका छन् ।

महामन्त्री थापाले शुक्रबार सामाजिक संजाल फेसबुकमा मेरो संकल्प, अबको १० बर्ष लेख्दै आफ्नो एउटा भिडियो शेयर गरेका छन् ।

उक्त भिडियो महामन्त्री थापाले भनेका छन्- ‘म त जम्मा १० बर्ष हो, अब १० बर्ष काम गर्छु, मरेर काम गर्छु, जति सक्छु गर्छु, ठ्याक्कै १० बर्षपछि स्विच अफ गर्ने हो, आफ्नो बाटो लाग्ने हो, मैलेत त नयाँ मान्छेलाई ठाउँ दिने हो, त्यतिन्जेलसम्म नयाँ मान्छे राम्रा, खतरा आइसकेको हुन्छ, हुनै पर्‍यो।’

कांग्रेसका महामन्त्री थापाले काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी  दिएका छन् । उनी भावी प्रधानमन्त्रीको दाबी गर्दै आएका छन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo