काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले सर्वसम्मत सिफारिस हुँदा पनि ओलीले टिकट नदिएको भन्दै असन्तुष्टि पोखेका छन् ।
प्रतिनिधिसभाको निर्वाचनमा टिकट नपाएपछि पत्रकार सम्मेलनमा नेता रावलले ओलीले गरेका राष्ट्रहित विपरीतका र असंवैधानिक कामको आफुले विरोध गर्दा निसाना बनाएको बताएका हुन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका राष्ट्रहित विपरीतका र असंवैधानिक कामको विरोध गरेका आफुलाई निसान बनाएको र चुनावमा टिकट नदिएको बताए ।आफुलाई टिकट नदिनु अध्यक्ष केपी शर्मा ओलीको निर्णय स्वेच्छाचारी रहेको छ । सुदूरपश्चिम र अछामका जनताको अपमान भएको उनले बताए
कमल थापालाई हेटौँडामा उम्मेदवार बनाएकोप्रति, संविधान दिवसलाई कालो दिनको रूपमा मनाउने जसपासँग चुनावी साँठगाँठ र युनिभर्सल पिस फेडरेसन (युपीएफ) का नेपाल प्रमुख होलिवाइन भनेर चिनिएको एकनाथ ढकाललाई समानुपातिकमा राखेकोप्रति पनि असन्तुष्टि पोखे ।
अछाम १ मा रावल सर्वसम्मत सिफारिस भएका थिए। उनको स्थानमा एमालेले माओवादी छोडेर आएका झपट बोहोरालाई उम्मेदवार बनाएको छ ।

