KhabarUjyalo

टिकट खोसिएको विषयमा नेता भीम रावलले भोलि मुख खोल्ने !

२६ आश्विन २०७९, बुधबार
टिकट खोसिएको विषयमा नेता भीम रावलले भोलि मुख खोल्ने !

धनगढी : प्रतिनिधिसभा निर्वाचनका लागि अछाम–१ मा पार्टीले टिकट खोसिएको विषयमा भोलि नेता भीम रावलले मुख खोल्ने भएका छन् । यसअघि समय आएमा यस बारे मुख खोल्ने बताउदै आएका रावल आज एक विज्ञप्ती निकाल्दै भोलि दिउसो पत्रकार सम्मेलन गर्ने बताएका छन् ।

अछाम १ मा प्रतिनिधि सभाका लागि वडा,पालिका,क्षेत्र, जिल्ला र प्रदेशले भीम रावलको एकल नाम सिफारिस गरेपनि पार्टीले भीम रावललाई टिकट नदिएर नेकपा माओवादी केन्द्र छोडेर एमालेमा भित्रिएका बोहोरालाई टिकट दिएको थियो । बोहाराले उम्मेदवारी दर्ता गराएका छन् । बोहोरा एमाले केन्द्रीय सदस्य एवम् अछाम इन्चार्जसमेत हुन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo