काठमाडौ : नागरिक उन्मुक्ति पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ उनले बर्दिया–२ बाट नागरिक उन्मुक्ति पार्टीका तर्फबाट प्रतिनिधि मार्फत मनोनयन दर्ता गराएका थिए ।
टीकापुर हत्याकाण्डमा दोषी ठहर भएर जेल सजाय भोगिरहेका रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ
नागरिक उन्मुक्ति पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि उनले दर्ता गराएको उम्मेदवारी खारेज भएको सूचना निकाल्ने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
टीकापुर हत्याकाण्डका मुख्य पात्रका रुपमा दोषी ठहर भएर डिल्ली बजार जेलमा रहेका छन् । यसअघि नागरिक उन्मुक्ति पार्टीबाट कैलाली क्षेत्र नम्बर ५ मा उम्मेदवारी दिएका थरुहट नेता लक्ष्मण चौधरी (थारु)को उम्मेदवारी खारेज भएको थियो।

