KhabarUjyalo

घनश्यामसहित ५ नेताको नाम एमालेको अभिलेखबाट आउट !

२५ आश्विन २०७९, मंगलवार
घनश्यामसहित ५ नेताको नाम एमालेको अभिलेखबाट आउट !

काठमाडौं । नेकपा एमालेले आगामी मंसिर ४ मा हुने निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी र स्वतन्त्रका नाममा उम्मेदवारी दिएका ५ जना नेताका नाम पार्टी सदस्यता अभिलेखबाट हटाउने भएका छन् ।

स्वतन्त्र वा बागीका नाममा उम्मेदवारी दिएपछि उनीहरूको नाम पार्टी सदस्यताको अभिलेखबाट स्वतः हट्ने एमाले एक बिष्णु रिजालले जानकारी दिए । उनीहरूलाई स्पष्टीकरण सोधिरहनु नपर्ने रिजालले बताए ।

स्वतन्त्र उम्मेदवारी दिने स्थायी कमिटी सदस्यमा नेता घनश्याम भुसालले रुपन्देही र प्रभु साहले रौतहटबाट स्वतन्त्र उम्मेदवार दिएका छन् भने केन्द्रीय सदस्यहरूमा कुन्दन कुशवाहले रौतहट, गंगा चौधरी सत्गौवा दाङ तथा बदमी क्वारा बुढाले डोल्पाबाट स्वतन्त्र उम्मेदवार दिएका छन्

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo