KhabarUjyalo

प्रभुले भने- एमालेले धोका दियो

२५ आश्विन २०७९, मंगलवार
प्रभुले भने- एमालेले धोका दियो

काठमाडौं । पुर्वमाओवादी नेता प्रभु शाहले आफू एमालेमा नरहेको दावी गरेका छन् । रौतहट -३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गरेका साहले आफूले स्वतन्त्र उम्मेदवारी दिएसँगै एमालेमा नरहेको दावी गरेका हुन् ।

एमाले स्थायी कमिटी सदस्य रहेका नेता शाहले एमालेले जसपासँग तालमेल गरेकोले आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताए । एमालेले शाहलाई टिकट दिए पनि अन्तिम समयमा स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका थिए।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूसँग रहेका साथीहरूलाई टिकट नदिएपछि स्वतन्त्र रूपमा उम्मेदवारी दिएको उनले बताए । एमालेले जसपासँग चुनावी गठबन्धन गरेर अनैतिक काम गरेको नेता शाहले आरोप लगाए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo