KhabarUjyalo

कैलाली-४ मा दुई ‘हेभिवेट’ को भिडन्त: बलायर ढुक्क, लेखराजलाई कठिन

२५ आश्विन २०७९, मंगलवार
कैलाली-४ मा दुई ‘हेभिवेट’ को भिडन्त: बलायर ढुक्क, लेखराजलाई कठिन

धनगढी : कैलाली क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायर र एमालेका सचिव लेखराज भट्टबिच कडा प्रतिस्पर्धा हुने भएको छ ।

नेपाली कांग्रेसका वीरबहादुर बलायर र एमालेका सचिव लेखराज भट्टले कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएसँगै उनीहरुबिच कडा टक्कर हुने देखिएको हो 

कैलाली ४ मा यी दुई ‘हेभिवेट’ को भिडन्त रोचक हुने भएको छ । बलायर कांग्रेसको सुदूरमपश्चिम सभापति हुन् भने एमाले सचिव भट्ट एमालेको सुदूरमपश्चिम इञ्चार्ज समेत हुन् । दुबै पुर्वमन्त्री भइसकेका छन् ।

बलायर यसअघि डोटीबाट चुनाव लडेका थिए । तत्कालीन नेकपाका उम्मेदवार प्रेम आलेसङ्ग पराजित भएका थिए । यो पटक आलेलाई डोटी छोडेर पहिलो पटक कैलाली ४ बाट चुनावी प्रतिस्पर्धामा छन् । स्थानीय तहको नतिजा र गठबन्धनका आधारमा जित निकाल्नेमा बलायर ढुक्क देखिएका छन् ।

एमालेका भट्ट यसै क्षेत्रबाट चौथो पटक चुनाव मैदानमा छन् । गत चुनावमा भट्ट यस क्षेत्रमा नेकपाबाट कांग्रेसका भण्डारीलाई पराजित गर्दै विजय भएका थिए । यो पटक नेकपा बिभाजितपछी माओवादी केन्द्रलाई छोड्दै एमालेमै रहेका थिए । अहिले यो क्षेत्रमा पहिलो पटक एमालेबाट चुनावी मैदानमा छन । 

यो निर्वाचन क्षेत्रमा गोदावरी नगरपालिकाका १२, गौरीगंगा नगरपालिकाका ११, चुरे गाउँपालिकाका ६ र मोहन्याल गाउँपालिकाको १ गरी कूल ३० वडा छन् । जसमध्ये स्थानीय निर्वाचनमा कांग्रेसले १५ वडा जितेको छ । माओवादी ४ र एकीकृत समाजवादी एउटामा विजयी भएका छन् । एउटामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । एमालेले ९ वडा जितेको छ ।

स्थानियको चुनावा नतिजाका आधारमा जित निकाल्न एमालेका नेता लेखराज भट्टलाई चुनौती रहेको छ । आफूलाई यसपटक पनि जनताले जिताउने भट्टको दाबी रहेको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo