डडेल्धुरा : डडेल्धुरामा प्रतिनिधिसभामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार सागर ढकालले चुनावी प्रचारमा जनतासंग भेटघाट गर्न थालेका छन् ।
मंगलबार एक अपिल जारी गर्दै देश र डडेल्धुरा बनाउन लागी आफुलाई यसपटक मतदान डडेल्धुरावासीमा अपिल गरेका छन् ।
उम्मेदवारी मनोनयन दर्तापछि दुई दिन निरहार उपासनापछि आज स्वतन्त्र उम्मेदवार ढकालले डडेल्धुरा र देशका समस्या समाधान गर्न यस क्षेत्रका जनतासामु आएकोले जिताई दिन आग्रह गरेका छन् । चिन, बेलायत , सिंगापुरमा राम्रा नेता छानेर देश बनेको हो हाम्रो यहाँ बुढा, काम गर्न नसक्ने नेता कारण देश नबनेको बताएका छन् ।

स्वतन्त्र उम्मेदवार ढकालले बीबीसी नेपाली सेवाको एक साझा सवालमा देउवालाई प्रश्न सोध्ने हुँदा उनलाई ‘बढ्ता बोल्दैहुनुहुन्छ तपाईं’ भन्दै देउवाले हकारेका थिए । अहिले उनी अक्सफोर्ड विश्वविद्यालय पढेर देउवाविरुद्व चुनावी मैदानमा छन्

