रन्जु दर्शनाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकी छन् । उनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी हुन् ।
उनी यसअघि साझा विवेकशील पार्टीकी नेतृ थिइन् । तर, पार्टीमा आएको फुटबाट असन्तुष्ट बन्दै उनले पार्टी परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएकी हुन् । उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा प्रतिष्पर्धा गरेर चर्चामा आएकी थिइन् ।

