काठमाडौं । नेपाली कांग्रेसले चितवन-२ बाट पुर्वराज्यमन्त्री उमेश श्रेष्ठलाई चुनाव लड्ने भएका छन् । मन्त्री श्रेष्ठ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छन् । यसअघि स्वास्थ्य राज्यमन्त्री भएका थिए ।
मनोनयन दर्ताका उनी चितवन प्रस्थान् गरेका छन् । उनी भोजपुरमा जन्मे पनि ३२ वर्षदेखि चितवनमा बस्दै आएका छन् । उनको घर क्षेत्र चितवन–२ मा रहेको छ । सो क्षेत्रबाट नेकपा (एमाले) ले कृष्णभक्त पोखरेललाई उम्मेदवार बनाएको छ । भने सोही क्षेत्रबाट स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने चुनाव लड्ने भएका छन् । उनी पनि टिमसहित उम्मेदवारी दर्ताको लागि भरतपुरतर्फ लागेका छन् ।

