KhabarUjyalo

माओवादीबाट चुनाव लड्ने एमाले नेता घनश्याम भुसालको तयारी

२२ आश्विन २०७९, शनिबार
माओवादीबाट चुनाव लड्ने एमाले नेता घनश्याम भुसालको तयारी

काठमाडौँ – नेकपा एमालेका नेता घनश्याम भुसाल आउँदो चुनावमा नेकपा माओवादीबाट उम्मेदवार बन्ने तयारी गरेका छन् ।

स्रोतका अनुसार एमालेबाट टिकट नपाएपछि भुसाल आगामी चुनावमा माओवादीको कोटाबाट प्रतिस्पर्धा गर्ने तयारी गरेका हुन् ।

उनी यसबारे छलफल गर्नका लागि शनिबार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास पुगेको जानकारी दिए ।

भुसाल आफ्नो गृहनगर रुपन्देही क्षेत्र नम्बर १ बाट चुनाव लड्ने तयारीमा छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको तर्फबाट टिकट बाँडफाँट गर्दा भुसाल र नेता भीम रावललाई टिकट दिएका थिएनन् ।

यसअघि पनि सत्ता गठबन्धनको सम्पर्कमा रहेका नेता भुसाल माओवादीबाट चुनाव लड्ने तयारी गरेको दाबी छ ।देशन्तरबाट साभार

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo