धनगढीः नेकपा एमालेका नेता डा. भीम रावलको टिकट खोसिएपछि अछाममा एमाले नेताहरुले विद्रोहको तयारी गरेका छन् । अछाम क्षेत्र नम्बर १ बाट भीम रावललाई सर्वसम्मत सिफारिस गरेका थिए । तर शुक्रबार पार्टीले रावलको टिकट माओवादीबाट एमालेमा प्रवेश गरेका झपट बहादुर बोहरालाई टिकट दिने निर्णय गरेको छ ।
एमाले क्षेत्र नम्बर १ समन्वय समिति, प्रदेश समन्वय समिति, पालिका कमिटी तथा जिल्ला कमिटी सदस्यहरुले आज सामूहिक राजीनामा दिने तयारी गरेका छन् । रावलनिकट नेताहरुले अछाममा भेला गरिरहेका छन्। आजनै सामुहिक राजिनामा दिने बताइएको छ ।
नेकपा एमालेले भीम रावललाई टिकट नदिएको विरोधमा क्षेत्रीय कमिटी संयोजक प्रकाश शाहले राजीनामा दिई सकेका छन् ।
शाहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्दै पदबाट राजीनामा दिएको जानकारी गराएका हुन् ।

