KhabarUjyalo

डेंगी नियन्त्रणमा सरकारले केही पनि गरेको छैन : गगन थापा

१४ आश्विन २०७९, शुक्रबार
डेंगी नियन्त्रणमा सरकारले केही पनि गरेको छैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले डेंगी रोगको संक्रमण रोक्न सरकारले केही काम नगरेको बताएका छन् ।

आज आफ्नो निर्वाचन क्षेत्र काठमाडौं–४ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा महामन्त्री थापाले भने, ‘हिजो कोरोनाको बेलामा ओली सरकारले काम गरेन भन्यौँ । अहिले डेंगी संक्रमणका बेला यो सरकारले पनि काम गर्न सकेको छैन ।

उनले सरकारको कार्यशैलीप्रति आफू असन्तुष्ट रहेको बताउँदै अगाडि भने, ‘डेंगी फैलिएका बेला जुन किसिमले लाग्नुपर्ने हो त्यो किसिमले सरकारले काम गरेन । यसमा मेरो असन्तुष्टि छ । सरकार सबैको हो । ’

उनले आपतकालीन बैठक बसेर संक्रमण रोकथामका लागि विशेष काम गर्न सरकारलाई आग्रह गरे ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo