काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चितवनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध चुनाव लड्न सक्ने बताएका छन् ।
चितवनको माडीमा आयोजित नगर भेलामा लामिछानेले चितवन ३ बाट चुनाव लड्ने ढोका आफूले बन्द नगरिसकेको बताएका हुन् ।
अहिल्यै कसरी वाचा गर्न नसकिने तर धेरै कुराको ग्यारेन्टी हामीले लिनुपर्ने बताए । नागरिकले हालेको मत साटेर चुनाव जित्नेहरु शानसँग साइरन बजाउँदै हिँडिरहेको पनि बताए ।
माओवादी अध्यक्ष प्रचण्डले चितवन ३ बाट चुनाव लड्ने घोषणा गरिसकेका छन् ।

