KhabarUjyalo

पूर्वमन्त्री चौधरी कांग्रेसमा प्रवेश

१२ आश्विन २०७९, बुधबार
पूर्वमन्त्री चौधरी कांग्रेसमा प्रवेश

काठमाडौं– पूर्वमन्त्री चन्दा चौधरी नेपाली कांग्रेस प्रवेश गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले चौधरीलाई पार्टी प्रवेश गराउनुभयो । चौधरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा हुनुहुन्थ्यो ।

चौधरी केपी ओली सरकारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा बाबुराम भट्टराई सरकारमा युवा तथा खेलकुद राज्यमन्त्री हुनुहुन्थ्यो ।

कार्यक्रममा कांग्रेस नेतृ आरजु राणा, कांग्रेस सर्लाही सभापति सुरन्द्रप्रसाद सिंह, युवा नेता विकास ठाकुर लगायत हुनुहुन्थ्यो ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo