KhabarUjyalo

रविन्द्र मिश्रलाई पार्टी प्रवेश गराउदै लिङ्देनले भने- राप्रपा आउँदो निर्वाचनमा पहिलो पार्टी

१२ आश्विन २०७९, बुधबार
रविन्द्र मिश्रलाई पार्टी प्रवेश गराउदै लिङ्देनले भने- राप्रपा आउँदो निर्वाचनमा पहिलो पार्टी

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले ४ मंसिरमा हुने निर्वाचन आवधिक र सामान्य चुनावमात्रै नभएको बताएका छन् ।

बुधबार राष्ट्रियसभा गृहमा रवीन्द्र मिश्रलाई पार्टीमा भित्र्याउँदै अध्यक्ष लिङ्देनले आगामी निर्वाचन तीन दशकदेखि सिमित नेताहरूको बन्धकबाट मुक्त गर्ने अवसर पनि भएको बताए ।

रवीन्द्र मिश्र राप्रपामा जोड्न सक्नु आफ्ना लागिमात्रै नभएर सर्वधर्म र संघीयता खारेजी पक्षधरका लागि खुसीको दिन भएको भन्दै उनले राप्रपा आगामी निर्वाचनमा ठूलो पार्टी मात्रै नभएर पहिलो पार्टी बन्न सक्ने बताए ।

‘राप्रपा आउँदो निर्वाचनमा पहिलो पार्टी बन्न सक्छ’, लिङ्देनले भने, ‘नयाँ शिलशिलाको प्रारम्भ भएको छ । राप्रपा नविन राप्रपाका रूपमा जनतामा लैजाने अठोटमा थप गति प्राप्त गर्नेछ । राप्रपा अघि बढ्यो, यसको गति कसैले रोक्न सक्दैन ।’

उनले आफूहरूले पदको राजनीति नगरेको भन्दै गणतन्त्रका नाममा लुटतन्त्र चलेकाले त्यसको विकल्प खोज्ने मतदाताका लागि राप्रपा आशाको केन्द्र बनेको दाबी गरे ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo