KhabarUjyalo

देउबासँग चुनाव लडने घोषणा गरेका सागर ढकालले गरे आर्थिक सहयोगको लागि अपिल !

९ आश्विन २०७९, आईतवार
देउबासँग चुनाव लडने घोषणा गरेका सागर ढकालले गरे आर्थिक सहयोगको लागि अपिल !

डडेल्धुरा : प्रधानमन्त्री शेरबहादुर देउबासँग आगामी निर्बाचनमा प्रतिनिधिसभामा डडेल्धुराबाट स्वतन्त्र रुपमा चुनाव लडने घोषणा गरेका सागर ढकाल अहिले गाउँवस्तीमा चुनावी प्रचारप्रसार व्यस्त रहेका छन् ।

आगामी हुने प्रतिनिधि सभामा आफुलाई डडेल्धुराबाट चुनावमा बिजय गराउन भन्दै वस्तिवस्तीमा पुगेर भोट दिन नागरिकलाई आग्रह गरिरहेका छन् ।

आइतबार ढकालले सामाजिक संजालमा आफुलाई आर्थिक सहयोग गर्न अपिल गरेका छन् । डडेल्धुरा विकास मोडेल बनाउने लक्ष्यका साथ आगामी निर्वाचनमा डडेल्धुराबाट उम्मेदवारी दिने घोषणा गरेको भन्दै चुनावी अभियानलाई सहयोग गर्न चाहनेले बैंक, इसेवा तथा क्यूआर कोडबाट सहयोग गर्न सक्ने बताएका छन् ।

उनले लेखेको स्टाटस:

*आर्थिक सहयोगको लागि अपिल *

गुपचुप आर्थिक पैसा लिन भन्दा खुला रुपमा जनतामा जाने निर्णय गर्यौँ * अरुले पैसा बाढ्छन् हामी पैसा माग्छौँ मन्दिर निर्माण जो गर्नुछ*

देश र विदेशमा रहनुभएका आदरणीय आमाबुवा,दाजुभाई तथा दिदी बहिनीहरु, यहाँहरुलाई अवगत नै छ कि म आगामी मंसीर ४ मा हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा डडेधुराबाट उम्मेदवारी दिंदै छु । यसरी म चुनाबी मैदानमा होमीँदा धेरै जना मलाई आर्थिक सहयोग गर्नका लागि इच्छुक हुनुहुन्छ ।

हामीलाई चुनाबी प्रचार प्रसारको लागि आर्थिक सहयोगको आवश्यक रहेको हुनाले इच्छुक महानुभावहरुले निम्न बमोजिका शर्तहरु सहित आर्थिक सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु । म र म जस्ता जस्ता अरु उम्मेदवारहरुलाई चुनाबको कारणले आर्थिक भार नपरोस र भोली चुनाब जितिसकेपछी कसैबाट पनि आर्थिक अनियमितता नहोस् भन्नका लागि हजुरहरुको सहयोग आवस्यक परेको हो । शर्तहरु

१. सहयोग पूर्ण रुपमा स्वयंसेवाको भावनाले गरिएको हो । यसमा हाम्रो कुनै व्यक्तिगत वा संस्थागत स्वार्थ छैन ।

२.सहयोगको रुपमा जम्मा भएको रकमक‍ो खर्चको विवरण ऐन, कानुन बमोजिम पारदर्शी रुपले सावर्जनिक गर्नेछौं ।

३.रु पच्चीस हजार भन्दा बढीको आर्थिक सहयोग नगदको रुपमा लिने छैनौं ।

४. राष्ट्रिय तथा अन्तराष्ट्रिय गैह्र सरकारी संस्था र विदेशी संस्था वा व्यक्तिबाट आर्थिक सहयोग लिने छैनौं ।

५.निर्वाचनको अभियानमा सकेसम्म कम पैसा खर्च गर्नेछौं, र बचेको रकम डडेलधुरा जिल्लाको पुर्वाधार विकासको योजनाको लागि नै खर्च गर्ने छौं ।

आर्थिक सहयोगका लागि
खाता नं – 12707010034812
बैक-ग्लोबल आइएमइ बैंक, कमलादी
E-Sewa /Khalti — 9810312005

हामीले चुनाबी खर्चलाई सकेसम्म कम गर्नेछौं। यसका लागि हामीले यात्रा गर्न मोटरसाइकलको मात्र प्रयोग गरेका छौँ,
साधारण साकाहारि खाना खान्छौं, (धेरैजसो जुन गाउँमा पुग्छौं, त्यहीँ नै खान्छौ) र भट्किलो प्रचार प्रसार पनि गर्दैनौ ।

हामीलाई अन्य तरिकाले सहयोग गर्न वा मेरो बारेमा थप जानकारीका लागि वेबसाइट www.sagardhakal.com भिटिज गर्नुहोला ।

म जस्ता देशमा सयौँ स्वतन्त्र उम्मेदवार छन् , हामीले कि ठेकदार र व्यापारिहरुसँग लुकिछिपी पैसा लिनुपर्यो कि हजुरहरुसँग खुला रुपमा आव्हान गर्नुपर्यो । हामीले खुला रुपमा जाने निर्णय गर्यौँ। मलाई मात्र होइन सबैलाई सहयोग गरिदिनुहोला। चुनावमा भड्किलो प्रचार प्रसार गर्नेहरुको आर्थिक सहयोग कहाँबाट आइरहेको छ पनि बुझ्नुहोला।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo