KhabarUjyalo

देउवालाई दबाब दिन शेखर कोइराला समूहले खबरदारी सभा गर्दै

८ आश्विन २०७९, शनिबार
देउवालाई दबाब दिन शेखर कोइराला समूहले खबरदारी सभा गर्दै

काठमाडौं : नेपाली कांग्रेस संस्थापनइतर समूहले आज काठमाडौंमा खबरदारी सभा गर्दैछ।

पार्टीभित्र अवसर र न्यायका लागि भन्दै शेखर समूहले दिउँसाे १ बजेपछि थापागाउँस्थित बानेश्वर बैंक्युटमा खबरदारी सभा गर्न लागेकाे हाे ।शेखर समूहले पटकपटक छुट्टै भेला र बैठक गरेर सभापति शेरबहादुर देउवालाई दबाब दिंदै आएको छ ।

शेखर समूहले आगामी चुनावका लागि प्रतिनिधि सभा र प्रदेश सभामा कम्तिमा ४० प्रतिशत सिट आफ्नो पक्षका नेतालाई दिन माग गर्दै आएका कारण पनि सत्ता गठबन्धनबीच सिट बाँडफाँटमा कुरा मिल्न सकेकाे छैन ।

सिटकाे विषयमा कांग्रेसभित्रै दुई समूहबीच विवाद भइरहँदा यसकाे असर सत्ता गठबन्धनबीचकाे सिट बाँडफाँटमा परेकाे स्राेतले बताएकाे छ । आफूहरूलाई न्यायोचित व्यवहार नगरिए गठबन्धनमा समेत समस्या आउने शेखर समूहले चेतावनी दिइरहेको छ । file photo

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo