KhabarUjyalo

कांग्रेसले घोषणापत्रमा जनताका सुझाव समेट्ने, यी माध्यमबाट सुझाव दिन कांग्रेसको अपिल !

७ आश्विन २०७९, शुक्रबार
कांग्रेसले घोषणापत्रमा जनताका सुझाव समेट्ने, यी माध्यमबाट सुझाव दिन कांग्रेसको अपिल !

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचन लक्षित घोषणापत्र निर्माणका लागि सुझाव मागेको छ ।

कांग्रेसले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कांग्रेसको घोषणपत्र निर्माणका लागि सुझाव दिन आग्रह गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, यस्तो बन्नु पर्छ कांग्रेसको घोषणापत्र भनेर बिबिध धारणा राख्नु हुने सबैले ह्वाट्स एप /भाइबर/इमोबाट ९७४१६७३४१८ नम्बरमा सुझाव पठाउन भनेको छ । ९८८०२२३३४४ मा फोन गरेर सुझाव रेकर्ड गर्न सकिने पनि कांग्रेसले जनाएको ।

यस्तै कांग्रेसले क्युर कोड मार्फत डिजिटल रुपमा सुझाव दिन सकिने पनि बताएको छ ।
नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्मालाई आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि घोषणपत्र निर्माण समितिको संयोजकको जिम्मेवारी दिएको छ । भने घोषणपत्र निर्माणका लागि उपसमिति पनि गठन गरेको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo